डा अहिराजद्वारा पत्रकारिता पुरस्कार स्थापना

मधेश मामिला जानकार डा राजेश अहिराजले नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखामा आज ‘रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखामा आज डा अहिराजले रु ५१ हजारको अक्षयकोष स्थापना गर्नुहुँदै पुरस्कार स्थापना गर्नुभएको हो । उहाँले नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललाई आज रु ५१ हजार हस्तान्तरण गर्नुहुँदै सो रकम नेपाल पत्रकार महासङ्घ शाखाको बैंक खातामा १० वर्षको लागि अक्षयकोष स्थापना गरिदिनुभएको हो । महासङ्घको बैंक शाखामा मुद्दति गरिएको सो अक्षयकोषबाट वार्षिक रूपमा आउने ब्याजको रकमबाट प्रत्येक वर्ष महोत्तरीबाट मधेशको हकहितका लागि समाचार लेख्ने तथा मधेश मामिलामा कलम चलाउने पत्रकारमध्येबाट एक जनालाई पुरस्कृत गरिने छ । डा अहिराजले विसं २०४६ मा सद्भावना परिषद्को स्थापना हुँदा रामचन्द्र मिश्र परिषद्को संस्थापक रहनुभएको तथा मधेशका लागि धेरै योगदान दिनुभएको सम्झिनुहुँदै महोत्तरीमा उहाँकै नाउँमा पत्रकारिता पुरस्कार स्थापना गरिएको बताउनुभयो । उहाँले सो पुरस्कारका लागि अक्षयकोषलाई बढाउँदै जाने प्रतिबद्धता पनि प्रकट गर्नुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: