छोराको कुटाइबाट मृत्यु

ः महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो । गएराति दुवै बाबुछोराबीच झैझगडा हुँदा छोराले कुटपिट गर्दै धक्का दिएर भुइँमा लडाएपछि उहाँको मृत्यु भएको थियो । शवपरीक्षणको प्रतिवेदनपछि मात्रै घटनाका बारेमा स्पष्ट भन्न सकिने प्रनाउ बुढाथोकीले बताउनुभयो । प्रहरीले शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: