केसीको माग पूरा गर्न आग्रह

स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि प्रा डा गोविन्द केसीले राख्नुभएको माग सरकारले पूरा गर्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँहरुले मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने गरेकामा आपत्ति जनाउँदै बढी शुल्क फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले मेडिकल शिक्षा अध्ययनका लागि निर्धारण गरेको शिक्षण शुल्कभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजहरुलाई तोकिएको भन्दा बढी रकम समायोजन गर्न वा सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न सरकारले निर्देशन दिइसकेको बताउनुभयो । उहाँले उठाइएको बढी शुल्क समायोजन गर्न वा विद्यार्थीलाई फिर्ता दिन १५ दिनको समयसीमा उपलब्ध गराइएको र त्यसपछि सम्बन्धित विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने प्रावधान भएको र सो अनुसार कारवाही हुने जानकारी दिनुभयो । नेपालमा चिकित्सा शिक्षा ऐन जारी भइसकेको र ऐनको पालना सबै पक्षबाट हुनुपर्ने औँल्याउँदै उहाँले चिकित्सा शिक्षाको समस्या व्यवसायी तथा विज्ञ राखेर वैज्ञानिक तवरले चिकित्सा शिक्षा आयोगले निर्धारण गर्ने पनि उहाँले जानकारी दिनुभयो । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले उपत्यकाबाहिर पनि मेडिकल कलेज खोल्नुपर्ने डा केसीको मागअनुसार नै आफूले मेडिकल कलेज खोल्न लाग्दा २०६८ सालदेखि २०७६ सालसम्म पर्खेको बताउँदै आफूले नियमानुसार रु १७ करोड कर सरकारलाई बुझाएको जानकारी दिनुभयो । उहाँले क्यान्सर अस्पताल पनि जनताको सेवा गर्ने उद्देश्यले खोल्दा आफूलाई विभिन्न आरोप लाग्ने गरेकोमा आपत्ति प्रकट गर्नुभयो । नेपालका लागि नेपाली अभियानका संयोजक सुरेन्द्र भण्डारीले डा केसीको माग जायज भएको बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: