सिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा

यहाँको ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पु¥याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो । यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो दिन यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म आउने तथा तेस्रो दिन सिन्धुलीमाढीदेखि जनकपुरसम्मको साइकलयात्रा हुने अभियन्ता सौरभ ढकालले जानकारी दिनुभयो । सिन्धुलीको पहिचानसँगसँगै नाम जोडिएर आउने जुनारको पनि प्रचार–प्रसार गर्न खनियाखर्कमा जुनार सुपरजोनसँग समन्वय गरेर जुनारका कक्ष राखेर प्रदर्शनी तथा महोत्सव गरिने र साइकलयात्री फर्कँदा सिन्धुलीको जुनार कोशेलीका रुपमा लैजानेसमेत उहाँले बताउनुभयो । समृद्ध सिन्धुली अभियानले विगत दुई वर्षदेखि सिन्धुलीगढीको प्रचार–प्रसार गर्ने हेतुले साइकलयात्रा, सिन्धुलीगढीमा कला शिविरलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।
 हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा
 हरिबोधनी एकादशी तथा तुलसी विवाहका दिन यही कात्तिक २२ गते सार्वजनिक बिदा दिइएको छ । यहाँको दुधौली नगरपालिकाले शुक्रबार मनाइने हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा दनुवार समुदायको बाहुल्यता भएको र दनुवार समुदायले यस दिनलाई बड्की एकादशीका रुपमा विशेषपर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिनुभयो । यस दिन दनुवार समुदायले मात्र नभई नगरक्षेत्रमा बसोबास गर्ने नगरवासीले हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण कार्यालय, विद्यालय, सङ्घसंस्थामा सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो । यसअघि हरिबोधनी एकादशी अर्थात् बड्की एकादशीमा गत वर्ष पनि नगरपालिकाले बिदा दिएको थियो । अघिल्लो वर्षको निर्णयलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: