अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अदालतको फैसला लगतै फरार रहेका साहलाई आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । यस्तै गाँजा फँडानी अभियान शुरु गरेको सिरहा प्रहरीले हिजो साँझ जिल्लाको धनगढीमाई नगरपालिका– १२ मा स्थानीयवासीहरूले करीब दुई बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको टोलीले स्थानीयवासीले खेतबारीमा लगाएको दुई हजार १५० बोट गाँजाको बिरुवा फँडानी गरेको प्रहरीले जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: