महोत्तरीमा उपनिर्वाचनको तयारी

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र अन्य दुई नगरपालिकाका तीन वडामा हुने उपनिर्वाचनमा ती मतदाताले भाग लिनसक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो । जिल्लामा पिपराबाहेक बलवा नगरपालिका–२ र ८ एवं मटिहानी नगरपालिका–८ मा वडाध्यक्षसहित चार पदका लागि उपनिर्वाचन हुँदैछ । जसमा पिपरा गाउँपालिकाका लागि १८ हजार ५०४, बलवा–२ मा एक हजार ५५४, बलवा–८ मा एक हजार ५८३ र मटिहानी–८ मा एक हजार ६९ मतदाता रहेको कार्यालयले जनाएको हो । पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाध्यक्ष सञ्जयकुमार मण्डलले राजीनामा दिएपछि रिक्त भएका यी चार पदका लागि उपनिर्वाचन हुनलागेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो । उपनिर्वाचन प्रयोजनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत महोत्तरीका न्यायाधीश विष्णु सुवेदी तोकिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पिपरामा स्थापना गरिएको छ । त्यसैगरी बलवाका दुई वडा र मटिहानीको एक वडाको उपनिर्वाचन प्रयोजनका लागि पनि निर्वाचन अधिकृत तोकिसकिएको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा पिपरा गाउँपालिकामा १५ मतदानस्थलमा २४ मतदान केन्द्र, बलवामा दुई वडामा एक÷एक मतदानस्थलमा दुई–दुई मतदान केन्द्र एवं मटिहानीको एउटा वडाको उपनिर्वाचनका लागि पनि एक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी झाले बताउनुभयो । चारवटै पदका लागि हुने उपनिर्वाचनमा यही कात्तिक २७ गते उम्मेदवारले मनोनयनपत्र दाखिला गर्ने समय तोकिएको छ । चुनावका लागि मनोनयनपत्र दाखिला गर्ने समय नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छान्ने अन्तिम कसरतको अभ्यासमा व्यस्त देखिएका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: