मुआब्जाको उचित मु्ल्याङ्कनको माग गर्दै नगरपालिकामा ताला



रेल्वे स्टेशन लाइनमा परेको जग्गाको मुआब्जाको उचित मु्ल्याकङन नभएको भन्दै  रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दि गरेका छन् । रेल्वे स्टेशन लाईनमा जमिन परेको रौतहटको चन्द्रपुर नगरपालिका–८ का बासिन्दाले नगरपालिकाको कार्यालयमा तालाबन्दि गरेका हुन । तालाबन्दिको कारण नगरपालिकाको काम ठप्प भएको छ भने कर्मचारी बाहिर बस्न बाध्य भएका छन । सरकारी मुल्याङन भन्दा पनि कम मुल्य कायम गरि सुकुम्बासी बनाउन खोजेको भन्दै पीडित जग्गाधनीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारी कार्यालयमा तालाबन्दि हुदा प्रहरी भने मुकदर्शक बनेका छन् । जग्गाधनीको माग समयमै सम्बोधन गरी रेल्वे लाईनको काम हुनु पर्ने उनीहरुको माग छ । रेल्वे लाईनमा परेको जमिनको कतै उचित मुल्याङन त कमै कम गरेर पक्षपात गरेको भनाई उनीहरुको भनाइ छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: