सेयर बजार पुनः ओरालो

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक आज भने सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर एक हजार १३९.४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.३९ ले घटेर २५०.१२ मा पुगेको छ । झिनो अङ्कले नेप्से ओरालो लागे पनि कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा सुधार देखिएको छ । कुल १६२ कम्पनीको १० लाख ५८ हजार ८९६ कित्ता शेयर रु २८ करोड ४४ लाख ७२ हजार ५०१ मूल्यमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर ओरालो लागेको छ भने एक उपसमूह भने तटस्थ देखिएको छ । स्टकका अनुसार बैङ्किङ ०.४, उत्पादन १६.५२, लघुवित्त १ र सामूहिक लगानी कोष ०.१७ अङ्कले बढ्दा व्यापार उपसमूह तटस्थ रह्यो । यस्तै होटल ६.३९, विकास बैङ्क ०.५२, जलविद्युत् ३.२, फाइनान्स ३.५७, निर्जीवन बीमा २८.३३, अन्य ३.०५ र जीवन बीमा १४.९६ विन्दुले घटेका छन् । कारोबार रकमका आधारमा प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु तीन करोड ९४ लाख २३ हजार २४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको रु दुई करोड ६३ लाख २० हजार, प्रभु बैङ्कको रु एक करोड ५६ लाख ४५ हजार ७७५, एभरेष्ट बैङ्कको रु एक करोड ४६ लाख ४६ हजार ४३५, नबिल बैङ्कको रु एक करोड २४ लाख ७४ हजार १२५ र मुक्तिनाथ विकास बैङ्कको संस्थापक शेयर रु ९२ लाखमा कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार ग्लोबल आएमई सम्मुन्नत स्किम–१ का शेयरधनीले १० प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्था ५.६२, नयाँ नेपाल लघुवित्त विकास बैङ्क ५.०७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८२, गुडविल फाइनान्स ४.५८ र हिमालयन डिष्टिलरीका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए । यस्तै सिनर्जी पावरका लगानीकर्ताले १० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ५.७६, रिलायन्स फाइनान्स ५.०४, नेशनल हाइड्रोपावर ३.७७, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सिर्जना फाइनान्स ३.१५ र कर्णाली डेभलपमेन्ट बैङ्कका शेयरधनीले २.९७ प्रतिशतले गुमाए ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: