पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर

रमणीय तथा चिटिक्क परेको देखिने घोराही उपमहानगरपालिका–१८ स्थित ढोढेनी गाउँ अहिले जिल्लाको पर्यटकीय गाउँ बनेको छ ।गाउँलाई अहिले त्यहाँ निर्माण गरिएको दृश्यावलोकन स्तम्भ ९भ्यु टावर० र नमः छु नामक बौद्ध गुम्बाले नै सो गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाएको हो । चारैतिर रमणीय गाउँ सोही गाउँकोबीच भागको अग्लो स्थानमा करीब एक दशक पहिले उक्त गुम्बा निर्माण गरिएको थियो । गतवर्ष सो गुम्बा नजिकै एक समाजसेवीको परिवारले आफ्नो लगानीमा त्यहाँ दृश्यावलोकन गर्ने स्तम्भ निर्माण गरिदिएकाले अहिले सो गाउँ पर्यटकीय केन्द्रका रुपमा चिनिन थालेको हो । सो टावरको नाम ‘मनदिल’ दृश्य अवलोकन टावर राखिएको छ । घोराही उपमहानगरपालिक—१८ निवासी समाजसेवी मनबहादुर पुन र उहाँकी श्रीमती दिलमाया र छोरा तथा बुहारीले सो टावर निर्माण गर्नुभएकोे थियो । अहिले सोही मनदिल टावरबाट जिल्लाको दृश्यावलोकन गर्न जानेहरु बढेका छन् । जिल्लाका विभिन्न ठाउँबाट घोराही बजार पुग्ने सर्वसाधरण तथा अन्य जिल्लाबाट यस जिल्लामा घोराही आउने पर्यटक पनि सो ठाउँमा पुग्ने गरेका छन् ।उक्त टावरबाट जिल्लाको नजिकै रहेको घोराही बजार , छिमेकी जिल्ला रोल्पा जाने बाटो, घोराही उपमहानगरपालिकाका पहाडी गाउँ तथा प्यूठान जिल्लाको केही क्षेत्र समेत अवलोकन गर्न सकिने त्यहाँका कर्मचारी सञ्जीव चौधरीले बताउनुभयो । उहाँका अनुसार सो टावर चढ्नका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई भने रु ३० को टिकट शुल्क लाग्ने गरेको छ भने एक जनाले १५ मिनेटसम्म टावरमा बसेर अवलोकन गर्ने गरेको उहाँको भनाइ थियो । अहिले दैनिक ८० देखि ९० सम्म आन्तरिक पर्यटक आउने गरेकामा शनिबार र अन्य बिदाको समयमा टावरमा आउनेहरुको भीड नै लाग्ने गरेको छ। भ्यू टावर हेरेर फर्किदै गरेका तुलसीपुरका २२ वर्षीय नवीन अधिकारीले आफू पहिलो पटक यस्तो टावरमा चढेर पूरै बजार हेर्न पाउँदा खुशी भएको बताउनुभयो । त्यसैगरी लमही नगरपालिका–५ का पूर्णिमा चौधरीले टावरमा चढेर चारैतिर हेर्न पाउँदा आफू रोमाञ्चित भएको बताउनुभयो । बाउन्न फिट अग्लो उक्त टावर संरक्षणका लागि दुई कर्मचारीलाई पनि भर्ना गरिएको छ । गुम्बा क्षेत्र तथा ढोडेनी गाउँलाई पर्यटकीय रुपमा विकास गर्नका लागि आफूले टावर निर्माण गरिदिएको निर्माणकर्ता दिलमायाले उल्लेख गर्नुभयोे ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: