भैरवनाथ जात्रा शुरु

कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चावहिल क्षेत्रमा मनाइने ऐतिहासिक र सांस्कृतिक चन्द्रविनायक तथा भैरवनाथ जात्रा शुरु भएको छ । चन्द्रविनायक र भैरवको पूजा गरी आज जात्राको शुभारम्भ भएको हो । जात्रा समितिका सदस्य राजु भारतीका अनुसार आज बेलुकी पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीबाट दाउरा ल्याई धुनी जगाइन्छ । बेलुकी भजन र सांस्कृतिक गतिविधि झल्काउने कार्यक्रम प्रस्तुत गरिने उहाँले उल्लेख गर्नुभयो । चारदिने जात्राका लागि चावहिलबाट कुटुबहालसम्मको क्षेत्र सजाइएको छ । बुधबारदेखि चन्द्रविनायक र भैरवको रथलाई चावहिलबाट पशुपतिसम्मका विभिन्न भागमा घुमाइन्छ । “यसक्रममा सिन्दुर जात्रा, भोज खानेलगायत कार्यक्रम गरिन्छ”, जात्रा समितिका संयोजक नवीन गोर्खालीले बताउनुभयो । उपत्यकाका चार गणेशमध्येको एक चन्द्रविनायक चार वर्षअघिको भूकम्पले क्षतिग्रस्त बनेको थियो । गत वर्ष पुनःनिर्माण शुरु गरिए पनि पुराना र नयाँ सामग्रीको विवादले काम रोकिएको छ । जात्रापछि पुनःनिर्माण थालिनेछ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: