नेपाली चलचित्र महोत्सव सम्पन्न

कात्तिक २१ गतेदेखि वीरगञ्जको आदर्शनगर रङ्शालामा सञ्चालित नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ आज सम्पन्न भएको छ । नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वक्ताहरुले सम्पूर्ण नेपालीको भावनालाई समेट्न नसकिएका कारण नेपाली चलचित्र उद्योग फस्टाउन नसकेको धारणा व्यक्त गर्नुभएको थियो । वक्ताहरुले नेपालमा उत्पादन हुने चलचित्रमा नेपाली भाषा, संस्कृति, मौलिकता समावेश नभएका कारण दर्शकमाझ स्थान बनाउन नसकेको प्रष्ट पार्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार नीर शाहले नेपाली मौलिकता चलचित्र जगत्ले अङ्गिकार नगरेका कारण नै नेपाली चलचित्रले राष्ट्रिय पहिचान प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले नेपालमा रहेको भाषा, संस्कृति तथा वेषभूषालाई चलचित्रमा समावेश नै नगरेका कारण नेपाली दर्शकले नेपाली चलचित्रलाई अपनाउन नसकेको प्रस्ट पार्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियालगायतका वक्ताले नेपाली चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगै सरकारले पनि पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज कलाकार ऋद्धिचरण श्रेष्ठ, वीरगञ्ज घर भएकी नायिका नम्रता श्रेष्ठ, गायक एवं सङ्गीतकार प्रसाद श्रेष्ठ, भोजपुरी एवं नेपाली चलचित्रका नायक प्रदेशी साहलाई कदरपत्रले सम्मानित गरिएको थियो । तीन दिनसम्म चलेको महोत्सवमा २५ हजारभन्दा बढी दर्शकले सहभागिता जनाएको आयोजकले बताएका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: