रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरु

–पुरुषोत्तम सुबेदी भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) शुरु भएको छ । रामग्राम नगरपालिका–७ उजौनीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल स्तुप क्षेत्रमा सर्भे शुरु भएकोे हो । यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो जसको लम्बाइ १० मिटर छ भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ । युनेस्कोमार्फत यूके एलायन्सको आर्थिक सहयोग, बेलायतको डुरह्याम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा भौगर्भिक अध्ययनको काम थालिएको हो । यसका लागि बेलायतबाट विज्ञहरुका टोली यहाँ आएर कामको शुरुआत गरेका हुन् । टोलीले आगामी मङ्सिर १ गतेसम्म भौगर्भिक अध्ययनको काम गर्नेछ । यहाँ रामग्राम स्तुप क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरु कुन क्षेत्रसम्म फैलिएको छन् । यसको बृहद् क्षेत्रमा जियोफिजिक्स सर्भे गरिँदैछ । जसको लक्ष्य आगामी दिनमा व्यापक रुपमा यस क्षेत्रको अनुसन्धान गर्नु रहेको पुरातत्व विभागका पुरातत्व अधिकृत रामबहादुर कुँवर बताउनुहुन्छ । नेपालका सरकारी निकायहरुमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि तथा मेशिनरी उपकरण र पर्याप्त विज्ञ जनशक्ति छैनन् । सो कार्यका लागि आवश्यक उपकरणसहित बेलायतको डुरह्याम विश्वविद्यालयबाट विज्ञको टोलीले काम गरिरहेका छन् । भौगर्भिक अध्ययनअन्तर्गत प्रविधि तथा उपकरणमार्फत जमीनको सहतबाट करीब दुई मिटरभित्र सम्मको बनोटको अवस्थालाई तस्बिर वा एक्स–रे सरह कैद गर्न सकिन्छ । जसबाट सो रिपोर्टका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन कार्यलाई सघाउ पु¥याउन मद्दत पुग्दछ । सर्भेबाट जमीनलाई कुनै पनि खनजोत नगरी जमीनमुनि रहेको भग्नावशेष अवस्था पत्ता लगाउने गरिन्छ । कुन कुन क्षेत्रमा कस्ता कस्ता भग्नावशेष तथा पुरातात्विक वस्तुहरु रहेका छन् सो पत्ता लगाउन सकिने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती बताउनुहुन्छ । यस पटकको भौगर्भिक अध्ययनबाट अब आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुनेछ । यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ । यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो । यस स्थानमा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकँुडालगायतका विभिन्न भग्नावशेष यस अगावै फेला परिसकेका छन् । रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल पुनः जियोफिजिक्स सर्भेको काम शुरु गरिएको हो । स्तुप वरपरको क्षेत्रमा बृहद् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ । जसबाट अब रामग्राम स्तुपको विकास तीव्र गतिमा हुने आशा पलाएको छ । रामग्राम स्तुप युनेस्कोको विश्व सम्पदाको सम्भावित सूचीमा छ । भगवान् गौतम बुद्धका सातवटा अस्तुधातुमध्ये एउटा मात्र सिङ्गो अस्तुधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ । यस क्षेत्रमा पुरातात्विक अन्वेषण गर्ने चासो सन् १८९६ देखि शुरु भएको हो । चिनियाँयात्री फासियान (पाँचौँ शताब्दी) र युवानचाङ (सातौँ शताब्दी) को यात्रा विवरणका आधारमा पुरातत्व विभागका बाबुकृष्ण रिजालले बुद्ध अस्तु राखी बनाइएका आठ वटा स्तुपमध्ये यो रामग्राम स्तुप हो भनी पहिचान गरेका रामग्राम स्तुप क्षेत्रमा राखिएको जानकारीमूलक सूचना पाटीमा उल्लेख छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: