आलमको आजको बयान सकियो


सांसद तथा नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमको आजको बयान सकिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आज आलमको छोटो मात्र बयान भयो । बयानका लागि बिहान १०ः३० बजे नै अदालत र्पुयाइएका आलमको बयान ३ः१५ बजे शुरु भएको थियो ।  आलम पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्राप्त गरेपछि मात्रै आलमको बयान सुरु भएको थियो ।  आलमसँग न्यायाधीश ढकालले ९ वटा प्रश्न गर्नुभएको थियो । आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेको सम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान भोली हुने सरकारी वकिल कटुवालले जानकारी दिनुभएको छ । मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दामा सरकारी वकिल कार्यालयले ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिसिल दर्ता गराएको हो । 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: