मनाइयो गुरुनानक जयन्ती

शिख धर्मका प्रवत्र्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवसरमा कुपण्डोलस्थित गुरुद्वारा सत्सङ्ग समितिले आयोजना गरेको तीनदिने अखण्ड ‘गुरु गन्थ साहिब’ वाचन कार्यक्रम समापन गरियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, समिति अध्यक्ष प्रीतम सिंह, ज्ञानी गुरु बखससिंह लगायतले गुरुनानक देवले मानव समुदायलाई दिनुभएको सन्देशका बारेमा चर्चा गर्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले यसै वर्ष नेपाल सरकारले गुरुनानकको स्मरणमा सिक्का प्रकाशन गरेकामा खुशी व्यक्त गर्नुभयो । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तस्थित नानकाँडा भन्ने स्थानमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उहाँले गराउनुभयो । करीब ५०० वर्षअघि गुरुनानक काठमाडौँ आउनुभएको थियो । त्यसबेला उहाँ पशुपतिस्थित भष्मेश्वर, शोभाभगवती, ज्ञानेश्वर र नयाँबजारमा एक वर्षसम्म बस्नुभयो । त्यसबेला यहाँका राजाले पनि उहाँलाई गुरु मानी जग्गा दान गरेर नानक मठको नाममा गुठी स्थापना गर्नुभएको ज्ञानी गुरु बखससिंहले बताउनुभयो । त्यसबेला जयजगत मल्ल र जयप्रकाश मल्लले नानक मठका नाममा एक हजार ६०० रोपनी जग्गाको गुठी राख्नुभएको थियो । हाल धेरै जग्गा अतिक्रमण भई ५० रोपनीमात्र नानक मठका नाममा रहेको उहाँले जानकारी दिनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: