मौसमभन्दा पहिले नै काँचो जुनार बेच्दै किसान


जुनार उत्पादनका लागि प्रसिद्धि कमाएको सिन्धुलीमा मौसमभन्दा पहिले नै हरियो काँचो जुनार बजारमा बिक्रि हुन थालेको छ । चाडपर्वका लागि खर्च जोहो गर्न जुनार राम्रोसँग पाक्नुअघि नै बिक्री गर्नु परेको किसानहरु बताउँछन् । मंसिरमा पाक्ने जुनार एकमहिना अघिदेखि नै बजारमा बिक्री भइरहेको छ । जुनार छिट्टै बोटबाट टिप्दा अर्को वर्ष फल्ने निश्चित हुने भन्दै किसानहरुले हरियो जुनार बेचिरहेका छन् । सिजनभन्दा पहिले बजारमा पु¥याउन सके भाउ पनि राम्रो पाईने गोलञ्जोर गाउँपालिका–५ चिसापानीका जुनार किसान रत्नबहादुर बस्नेत बताउनुहुन्छ । उपभोक्ता भने महङ्गो मूल्य तिरेर हरियो जुनार किन्न बाध्य छन् । किसानसँग नभई बिचौलियासँग जुनार किन्नु परेकोले मूल्य महङ्गो परेको व्यापारी दिलबहादुर थापाले बताउनुभयो । जिल्लाका सरोकारवालाहरुले भने हरियोमै जुनार बिक्रि गर्दा सिन्धुलीको जुनारको पहिचानै बिग्रने भन्दै बिक्रि नगर्न किसानहरुलाई अनुरोध गरेका छन् । सिन्धुली जुनार विकास संघका अध्यक्ष कर्णबहादुर आले सबै सहकारी र किसानहरुलाई पनि हरियो जुनार र सुन्तला नबेच्न आग्रह गरिएको बताउनुहुन्छ । सिन्धुलीमा एकहजार ३ सय २५ हेक्टर जमिनमा जुनार खेती हुदै आएको छ । त्यसमध्ये ६ सय २७ हेक्टरमा गरिएको जुनार खेतीले फल दिदै आएको छ । जिल्लामा गत वर्ष आठहजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: