विलासितामा रमादै जनकपुरका प्रतिनिधि,अहिले सम्म पांच करोड खर्च


जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले तलब भत्ता र संचारको नाममा मात्रै आन्तरिक श्रोतबाट करीब ५ करोड रुपैया खर्च गरेको छ । स्थानीय तह जनप्रतिनिधिहरुले पाउंदै आएको पारिश्रमिक वा तलबमा सर्वोच्च अदालतले रोक लगाएपछि अहिले जल बिनाको माछा झै छटपटाउन थालेको छ । प्रदेश सरकार २ सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा बनेको ऐनको आधारमा जनकपुरधाम उपमहानगरपालिकाले तलब र संचारमा ४ करोड, ८६ लाख ९० हजार रुपैया आन्तरिक श्रोतबाट खर्चेका हुन् । ऐन अनुसार पछिल्लो निर्वाचनबाट पदस्थापित भएका जनकपुरधाम उपमहानगरका मेयरले तलबको नाममा ४१ हजार रुपैया प्रतिमहिनाको दरले अढाई वर्षमा १२ लाख ३० हजार र संचारको नाममा २ हजारको दरले ३० महिना ६० हजार रुपैया गरी जम्मा १२ लाख ९० हजार रुपैया लिएका छन् । त्यस्तै उपमेयरले तलब ३५ हजार र संचार २ हजार प्रति महिनाको दरले ३० महिनामा ११ लाख १० हजार, उपमहानरपालिकामा वडा नं. १६ बाहेक २५ वडा मध्ये २४ वडाका अध्यक्षहरुले २५ हजार रुपैयाको दरले तलबमा एक करोड ८० लाख र संचारको नाममा १५ लाख रुपैया लिएका छन् ।
नगर प्रमुख गाडीलाई थनिकाइयो, करौडौंको गाडीमा मौज
उपमहानगरपालिकाका प्रमुख लाल किसोर साहले चुनाव लडदा  जनता समक्ष ठुलो– ठुलो सभा गर्ने भाषण दिने विकास निर्माणको कुरा गर्ने । यस क्षेत्रलाई समृद्ध बनाउन विभिन्न योजनाहरु ल्याउने बाचा गर्छन ।तर नगर प्रमुख लाल किसोर साहले चुनावको बेला गरिएको खर्च रकम असुल्न र त्यसको फाइदा लिने कार्यमा मात्रै केन्द्रित भएको छ ।  प्रमुख लाल किसोर साहले स्थानीय निकायको चुनावमा गरिएको खर्च रकम   असुल्नको लागी  आफु खुसी काम गरिरहेको छ ।  प्रमुख साहले   आन्तरिक राजस्व बढाउनेभन्दा बढी केन्द्रबाट प्राप्त हुने विकास निर्माणको बजेट रकमबाटै सवारीसाधन खरिद गरेको पाइएको छ । जनकपुरधाम उप–महानगरपालिकाको कार्यलयको गाडी रहेपनि आफनो मौज मस्तीको लागी नयाँ गाडी खरिद गरेको छ । जनकपुरधाम उप–महानगरपालिकालाई विकास गर्नूको सट्टा आफनो मौज मस्ती र सौख पुरा गर्न का लागी प्रमुख लाल किसोर साहले १ करोड ३८ लाख रुपैयाँको गाडी खरिद गरेको  छ । उप–महानगरपालिकाको रकमबाट फोर्ड कम्पनीको महंगो गाडी खरिद गरिएको हो । खरिद गरि प्रमुख साहले चढिरहेको महगो गाडीको चौतर्फी आलोचना भइरहेको छ । प्रमुख लाल किसोर साहले स्थानीय निकायको चुनावमा गरिएको खर्च निकाल्नको लागी आफु नजिदिकका कम्पनीहरु संग मौखित रुपमा समझौता गरी कमिसन निले गरेको छ । कमिसनको लागी नगर प्रमुखले  टेन्डर प्रक्रिया नगरी आफना नजदिकका कम्पनी संग फोर्ड कम्पनीको गाडी काठमाण्डौंबाट खरिद गरेको छ । कमिसनको लागी  नगर प्रमुख साहले विभिन्न सवारी साधनहरु खरिद गरेको छ । राम्र अवस्थामा रहेको जनकपुरधाम उप–महानगरपालिकाको लाखौं मुल्य बरावारको गाडी लाई आयुडिपीको कार्यलयमा थँन्काएको छ ।विगत दुई महिना देखी सो गाडी कार्यलयमा थन्किएको छ । जनकपुरधाम उपमहानगरपालिकाको कार्यलयको आफनै रहेको बा. १.झ ७१५४ नम्बरको गाडी चालु अवस्थामा रहेता पनि नगर प्रमुखको कारण सो गाडी थन्किएको छ । सो गाडीलाई समयमा ध्यान दिएन भने ट्रयाक्टर जस्तै सीज हुने छ । सो गाडी उप प्रमुख रीता झाले पनि चढन सकिन्थ्यो । उप प्रमुख पनि कम छैन आयूडिपीको कार्यलयमा थन्किएको गाडीलाई छोडि आयूडिपीको कार्यलयको गाडी चढिरहेको छ । विकास निर्माणको रकम दुरुपयोग  गरिरहेको छ । जनकपुरधाम उप–महानगरपालिकालाई स्वच्छ र सफा सुन्दर बनाउने नाममा आएको बजेटलाई पनि प्रमुख साहले काम नै नगरी धमाधम कार्यलयबाट सरसफाईको नामा रकम निकालिने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा होस् वा अन्य विकास निर्माणमा सबैजसो योजनामा अनियमितता भएको पाइन्छ । जनताले सूचना पाउन सकिरहेका छैनन, काम कारवाहीबारे कुनै पनि पारदर्शिता छैन । नियम विपरीत, प्रक्रिया विपरीत सबैजसो नगर स्तरीय योजनाहरू उनले आफ्ना छोरा, भान्जा, भतिजादेखि आफन्तलाई कोटेसनमा दिएर व्यापक कमिसनको लागी मात्र गरिने गरेको छ । कमिसनको लागी नगर प्रमुखले  विभिन्न योजनाहरु आफनो आफन्तलाई नै दिने गरेको  छ ।
जउमनपाको कर्मचारीको लापर्वाही लाखौं मूल्यको ट्रयाक्टर सीज
जनकपुरधाम उप–महानगरपालिकाको लापर्वाहीको कारण लाखौं मुल्य बराबरको ट्रयाक्टर सीज भएको छ ।  एसिया विकास बैकको ऋण सहयोमा संचालित जनकपुर विकास निर्माणको लागी एकिकृत सहरी विकास आयोजनाले (आईयूडिपी)ले  सवारी साधन खरिद गरेको थियो ।सवारी साधन खरिद गरेको मध्ये दुई ट्रयाक्टर समेत खरिद गरेको थियो आइयूडिपीले ।  खरिद गरेको दुर्वै ट्रयाक्टर सरसफाईको लागी जनकपुर उप–महानगरपालिकालाई दुई वर्ष अघि जिम्मा लागाएको थियो । जनकपुर उप–महानगरपालिकालाई सरसफाईको लागी जिम्मा लगाएको दुवै ट्रयाक्टर मध्ये ज.१ त ९३६९ नम्बरको  ट्रयाक्टर सीज भएको छ ।  समयमा ट्रयाक्टरलाई चाहिको मोविल र मर्मत नगरेपछि ट्रयाक्टर सीज भएको छ । ट्रयाक्टर मर्मत सम्भारका लागी ४ हजार देखी ५हजार सम्म मात्र लाग्थ्यो तर जनकपुरधाम उप–महानगरपालिकाका कर्मचारीहरुले समयमा ध्यान नदिएपछि ज.१.त.९३६९ नम्बरको सोनालिका कम्पनीको ट्रयाक्टर सीज भएको छ । जनकपुरधाम उप–महानगरपालिकाका जिन्सी शाखाकाका ललन लाल कर्णलाई ट्रयाक्टर मर्मत सम्भारका लागी पटक– पटक भन्दा पनि कुनै बास्ता नगरेको सवारी शाखाका इन्चार्ज मोहम्मद रेजा उल्लाहले बताए । ट्रयाक्टर चालक बैशणवी मेस्तरले पनि ट्रयाक्टर मर्मत सम्भारका लागी जिन्सी शाखाका ललन लाल कर्णलाई पटक–पटक भन्दा पनि कुनै बास्ता नगरेको कारण अहिले सो ट्रयाक्टर सीज भएको छ । ४ पांच हजारको लागी लाखौं मुल्य बराबरको ट्रयाक्टर  सीज हुनु दुखद रहेको बताए । ट्रयाक्टर मर्मत सम्भारका लागी लाग्ने रकम ललन कर्ण संग पटक पटक आग्रह गर्दा पनि बास्ता नगरेको र उल्टै धाकधम्की दिने गरेको सवारी इन्चार्ज मोहम्मद रेजा उल्लाहले बताए । ट्रयाक्टर चालक समेतलाई पनि कर्ण भने ट्रयाक्टर चलाउनु छ भने चलाउ नत्र ट्रयाक्टरको साचो ल्याए । यति भन्दा पनि नगरपासिलकाको कर्मचारीहरुको  कारणले लाखौं मुल्य बराबरको सवारी साधन ट्रयाक्टर सीज भएको छ । ४।५ हजारको लागी आज ट्रयाक्टर सीज हुनुमा जनकपुर उप–महानगरपालिकाका मेयर लाल किसोर साह जिन्सी शाखाका ललन लाल कर्ण लगायतका कर्मचारीहरुको लापर्वाहीको कारणले गर्दा  ट्रयाक्टर सीज भएको छ । सीज भएको ज.१.त ९३६९ नम्बरको ट्रयाक्टर अहिले पिराडी चौक स्थित आशिष ट्रयाक्टर ग्यारेजमा राखिएको छ । अहिले सरसफाईको लागी जनकपुरधाम उप–महानगरपालिकाको कार्यलयमा दर्जनौं सवारी साधानहरु रहेको छ । ट्रयाक्टर, ट्रिपर,   स्काईभेटर लगायतका सवारी साधन  मर्मत सम्भारको प्रतिक्षामा रहेको छ ।  मर्मत सम्भारको प्रतिक्षामा रहेको दर्जनौं सवारी साधन अहिले आइयूडिपीको कार्यलयमा थन्किएको छ ।  तर जनकपुर उप–महानगरपालिकाका प्रमुख लाल किसोर साहले यी सवारी साधनहरुको मर्मत सम्भारमा ध्यान नदिएको कारण थन्किएको छ । दिन प्रति दिन थन्किएको सवारी साधानहरु जर्जर अवस्थामा पुग्न थालेको छ । समयमा मर्मत सम्भार भएन भने यी सबै करोडौ मुल्य बराबर सवारी सीज हुने छ ।  कार्यलयमा थन्किएका गाडीहरुलाई मर्मत सम्भार नगर्रीे कमिसनको लागी मेयर लाल किशोर साहले नयाँ ट्रयाक्टर खरिद गरेको छ ।
नगर प्रमुख साहले कमिसनको लागी आफनै नजदिकका पसलले बला संग ट्रयाक्टर खरिद गरेको छ ।नगर प्रमुख लाल किसोर साहले कमिसनको लागी नयाँ सवारी साधन खरिदका लागी प्रक्रिया अगाडी बढाएको छ ।



वडा नं. १६ का अध्यक्षले तलब त लिएको छैन तर संचार, सवारी साधन र भत्ता लगायतका अन्य सुविधा लिंदै आएका छन् । त्यसैगरी ३५ जना बोर्ड सदस्य मध्ये ५ वटा चुनाव जितेर र ३ जना मनोनित गरी ८ जना बोर्ड सदस्यले वडाध्यक्षकै सुविधा सरह तलब र संचार खर्च वापत ३० महिनामा ६२ लाख ४० हजार रुपैया लिएका छन् । त्यस्तै एक सयजना वार्ड सदस्य मध्ये ९४ जनाले ७ हजार प्रति महिनाको दरले ३० महिनामा जम्मा २ करोड ५ लाख ५० हजार रुपैया तलबको नाममा उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट रकम लिएका छन् । यी त हुन तलब र संचार खर्च मात्रै गाडी सुविधा, दैनिक भ्रमण भत्ता, बैठक र विदेश भ्रमण र इन्धन वापत उपमहानगरपालिकाले १० करोड रुपैया भन्दा बढी आन्तरिक श्रोतबाट खर्चेका छन् । भोग विलासिताको रुपमा चर्चित मेयर लालकिशोर साहले डेढ करोड रुपैया भन्दा बढीको गाडी मात्र किनेका छन् । त्यसैगरी वडा अध्यक्षहरुलाई करीब २ लाख रुपैयाको दरले ५० लाखभन्दा बढी मोटरसाइकल नै खरिद गरेका छन् । त्यति मात्र होइन बोर्डको नियमित बैठक भत्ता वापत वर्षेणी एक करोड रुपैया भन्दा रकम खर्चदै आएका छन । ईन्धनको नाममा समेत अढाई वर्षका २ करोड भन्दा बढी रकम खर्चेका छन भने सवारी मरम्मत सम्भारमा समेत करोडौ रुपैया खर्चेका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: