भारतको महाराष्ट्र र हरियाणामा विधानसभा निर्वाचन हुँदै


भारतको महाराष्ट्र र हरियाणमा आज विधानसभाको निर्वाचन हुँदैछ । आज बिहान ६ बजेदेखि नै दुवै राज्यमा चुनाव सुरु भएको छ । झन्डै महिना दिनको चुनावी प्रचार प्रसारपछि निर्वाचन भइरहेको छ । महाराष्ट्र र हरियाणा दुवै स्थानमा भारतीय जनता पार्टीको नै सम्भावना बलियो रहेको सर्वेहरुले देखाएको छ । महाराष्ट्रको २ सय ८८ सिटका लागि ३ हजार २ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै हरियाणामा ९० सिटका लागि १ हजार १ सय ६९ जना मैदानमा छन् । कडा सुरक्षाकाबीच मतदान भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै भारतका विभिन्न १७ राज्यमा ६४ सिटका लागि उपचुनाव पनि आजै भइरहेको जनाइएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: