प्रविधिको अभावमा किसानले अमिलो जातका फलफूलबाट सोचेजस्तो आम्दानी गर्न सकेनन्


बगैंचाको ह्रास र विभिन्न भाइरस जन्य रोगका कारण मध्यपहाडी क्षेत्रमा सुन्तला उत्पादन र गुणस्तर खस्कदै गएको छ । रोगमुक्त विरुवा उत्पादन र बगैंचा विस्तार गर्न नसकेकै कारण मध्यपहाडी क्षेत्रका किसानले अमिला जात फलफूल खेतिबाट सोचे अनुरुप फाइदा लिन नसकेको पाइएको छ । कृषि बैज्ञानिक, प्राविधिक र उपयूक्त प्रविधिको पहँच बाहिरका किसान अहिले पनि पुरानै ढंगले नर्सरी तयारी र बगैचा बिस्तार गरिरहेका छन् । परम्परागत प्रविधिको भर पर्दा पछिल्लो समयमा अमिला जात फलफूलका बगैंचा रोग ग्रस्त छन् । त्यसको नकारात्मक असर सुन्तलाजात फलफूल उत्पादक किसानको आम्दानीमा परेको छ । स्वस्थ्य विरुवा उत्पादनका लागि आधुनिक नर्सरी प्रणाली र प्रविधिको आवश्यकता पर्ने भएपनि अमिलाजातका फलफूल खेतिलाइनै आम्दानीको मुख्य आधार बनाएका ग्रामिण किसान आफै उपयूक्त प्रविधीको प्रयोग गर्न नसक्ने भएकाले समस्या भएको धनकुटाका अगुवा किसान भरत गुरागाँईको भनाई छ । कृषि वैज्ञानिकहरु स्वस्थ्य विरुवा उत्पादनका लागि नर्सरीमा जाली घर स्क्रीनिङग हाउस अनिवार्य रहेको बताउँछन् । नर्सरीमै स्वस्थ्य विरुवा उत्पादन गर्न सके सुन्तलाजात फलफूलमा लाग्ने रोगकिरा र भाइरसजन्य समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने धनकुटाको पारिपात्ले स्थित राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमका कृषि वैज्ञानिक डाक्टर उमेश आचार्यको सुझाव छ । अनुसन्धान र प्रविधी विकास केन्द्र तथा कृषिका निकायले सुन्तलाजात फलफूलमा देखिएको समस्या समाधानका उपाय सुल्झाउन सके मध्य पहाडी क्षेत्रका ४२ जिल्लामा सुन्तलाजातका फलफूल खेति गर्न सकिन्छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: