दशैंमा बाँडिने नयाँ नोट बिग्रिदा वर्षेनी ३ अर्ब नोक्सानी


दशैंमा बाँडिने नयाँ नोट बिग्रिदा मुलुकलाई हरेक वर्ष ३ अर्ब रूपैयाँभन्दा बढी नोक्सानी हुने गरेको राष्ट्र बैंकले जनाएको छ । नोटमा जथाभावी रङ लगाउने, कच्याक कुचुक पार्ने जस्ता कारणले हरेक वर्ष नोक्सानी भइरहेको राष्ट्रबैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिनुभयो । झुत्रा र फोहर नोट नष्ट गरेर त्यसको ठाउँमा नयाँ छाप्न मात्रै अहिलेसम्म ४ खर्ब १२ अर्ब खर्च भैसकेको राष्ट्र बैंकको आँकडा छ । तीमध्ये दशैंमा बिग्रने नोटको हिस्सा ठूलो छ । नोट बिगार्ने प्वाल पार्नेजस्ता काम गरेमा तीन महिना कैद र पाँच हजार रुपैंयासम्मको जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता ऐनले गरेको छ । नोटमा नोक्सानी गरेमा राष्ट्रबैकले प्रहरीसँग मिलेर कारवाही गर्ने प्रवक्ता निरौलाले जानकारी दिनुभयो । बढीमा तीन वर्षको आयु हुने नोटहरुमा दशैंमा लगाइने टिका र दक्षिणाका क्रममा रङ लाग्यो भने एक महिना पनि नटिक्ने बैकले जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: