आज बडादशैंको दशौं दिन, मान्यजनबाट टिका लगाइँदै


आज बडादशैको दशौ दिन विजयादशमी । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन अर्थात आज दशैको मुख्य दिन हो । आजको दिनलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । आज मान्यजनको हातबाट रातो टीका र जमरा लगाई आर्सिवाद थाप्ने प्रचलन रहेको छ । यसपाली दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउने उत्तम साइत १० बजेर ३५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिका समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सीआईएनलाई जानकारी दिनुभयो । तर देवी विसर्जनपछि दिनभर नै टीका लगाउन मिल्ने र साइत हेर्न नपर्ने पनि समितिले जनाएको छ । विजया दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका तथा जमरा लगाउन पनि सकिने समितिको भनाइ छ । टीकाको साइत कसरी र किन निकालिन्छ ? समितिका अध्यक्ष गौतमलाई साधेका थियौ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: