कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ


रौटहट क्षेत्र नं २ बाट निर्वा्चित नेपाली परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।आइतबार बिहान पौन ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ। संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए। प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा उनलाई प्रहरीले खोजी गरेको थियो। पहिलो संविधानसभामा उनी रौतहट क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। आलम नेपाली कांग्रेसका पूर्व्जिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्य समेत हुन्। उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गरेका छन्। उनलाई पक्राउ गरेसँगै प्रहरीले जिल्लामा सुरक्षाकर्मीलाई उच्च सतर्कताको अवस्थामा राखेको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: