अर्घाखाँचीमा दुर्घटना हुँदा मृत्यु हुनेको सनाखत


अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ मा यात्रुबाहक बोलेरो जिप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्वरकोे बोलेरो जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृत्यू हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उहाँकी श्रीमती वर्ष ४६ का श्यामकला खनाल रहेको प्रहरीको भनाइ छ । एक जना मृतक पुरूषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घाइतेहरुको मेडिकल कलेज तथा सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: