५० लाख बराबरको भन्सारछलीका सामान सामान बरामत


भारतबाट भन्सार छली नेपाल ल्याएको अवैध कपडा, पशुचौपाय तथा ६ वटा सवारी सधान सहित ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका ६ सानो ईटवाल टोलमा डेरागरी बस्ने ३ जनाले भारतबाट मोटरसाईकलमा अन्दाजी मुल्य ३३ लाख हजार बराबरको भन्सार छलीका कपडा लिएर आउँदै गर्दा कपडा सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिम्रौनगढ नगरपालिका वडा नं. ६ सानो ईटवाल टोलका मोजाहिर मियाँको घरमा डेराकोठा लिई बसेका बाराको आदर्शकोतवाल गाउँ पालिका ५ का अन्दाजी वर्ष ३४ को रामरतन यादव,उनका भाई अन्दाजी वर्ष २९ का जयमंगल प्रसाद यादव, सोही स्थान निवासी अन्दाजी वर्ष ४५ को हेमचन्द्र तिवारी पक्राउ परेका बारा प्रहरीले जनाएको छ । उनिहरूले भारतबाट ५ वटा मोटरसाइकलमा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका कपडाहरू डेरा कोठामा स्टोर गरी राखेको र केही कपडाहरू मोटरसाईकलमै लोड गरी राखेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले सो सामान सहित उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: