आज गैर आवासीय नेपाली दिवस


आजको गैर आवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । रोजगारी, बसाईसराई या शिक्षाको लागि अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भन्ने गरिएको छ । हरेक वर्ष असोज २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाउने गरिएको छ । जसको जन्मभुमि नेपाल भएतापनि कारणवश विदेशमा नागरिकता लिएर बसेका वा पूर्व नेपाली नागरिक भएर विदेशी नागरिकता स्वीकार गरेका नेपालीहरुलाई पनि गैरआवसीयको रुपमा मानिएको छ । सन् २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोबासगर्ने नेपाली मूलका नागरिक र लामो समयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ । अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: