छुट्टा छुट्टै दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको सव फेला


संखुवासभाको विभिन्न स्थानमा दुर्घटनामा परि मृत्यु भएकामध्ये दुई जनाको शव फेला परेको छ । संखुवासभा धर्मदेवी नगरपालिका अन्तर्गत पर्ने अक्करको भिरबाट भदौ ३१ गते गाडी दुर्घटना हुँदा हराईरहेका ६ जना मध्ये प्रतिक्षा राई श्रेष्ठको शव फेला परेको छ । दुर्घटना स्थलबाट करिव १० किलोमिटरको तल पर्ने धनकुटा र संखुवासभाको संगम स्थल लेगुवा नजिक मध्यान्ह १२ बजे शप फेला परेको प्रहरी नायव उपरीक्षक मिम बहादुर लामाले जानकारी दिनुभयो । हराईरहेको जिप र त्यसमा सवार अन्य ५ जनाको पनि खोजि कार्य जारी रहेको उहाँले बताउनुभयो । यस्तै असोज १६ गते देखि कार्यस्थलबाटै हराईरहेका संखुवासभा सभापोखरी गाउँपालिकामा पर्ने दिव्येश्वरी हाईड्रोमा कार्यरत सुपरभाईजर कृष्णप्रसाद निरौलाको शव पनि फेला परेको छ । सभाखोला पुल नजिक उनको शव फेला परेको प्रहरीले जनाएको छ । खाँदबारी नगरपालीका वडा नं. ९ मा पर्ने तुम्लीङ्गटार नजिक सभाखोलामा निरौलाको शव फेला परेको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: