अपांग कर्मचारीलाई हेला,उपमहानगरपालिकाले हाजिर गराएन


जनकपुर उप महानगरपालिकाले साउन महिनामै रवाना लिएर आएका नायब सुब्बा पदका एक अपांग कर्मचारीलाई हालसम्म हाजिर गराएको छैन । प्राप्त जानकारी अनुसार जेठ असार महिनामा समायोजन भएको बेला जिल्ला समन्वय समितिबाट समायोजित जनकपुरधाम उपमहानगरपालिकामा सरुवा गरिएका नासु रामचन्द्र दासलाई उपमहानगरपालिकाले कस कसलाई हाजिर गराउने भन्दै हालसम्म पदस्थापन हुन दिएको छैन । साउन २२ गते नै रवाना पत्र लिई २४ गते उपमहानगरपालिकामा हाजिर हुन जाँदा दासलाई ठाउँ खाली छैन भनेर हाजिर हुन दिएन, हालसम्म उनको निवेदन र रवाना पत्र समेत उपमहानगरपालिकाले दर्ता गरेको छैन । एक खुट्टा गुमाएका जिल्लाको खजुरी निवासी अपांग कर्मचारी दास वैशाखी लिएर घरबाट साउन २४ गतेदेखि नै उपमहानगरपालिकाको कार्यालयमा दिनहुँ धाउंदै मेयर लालकिशोर साहसँग गुहार गर्दै आएका छन् । अपांग भएको कारण दासलाई सम्बन्धित मन्त्रालयले पायक पर्ने ठाउँ जनकपुरधाम उपमहानरपालिकामा पठाएको थियो । तर मेयर साहले उनलाई ठाउँ खाली छैन भनेर हाजिर हुन नदिएको गुनासो पिडीत दासले लोकपुकार सँग कुरा गर्दै भने । शारिरीक रुपले असक्त कर्मचारी दासले सम्बन्धित मन्त्रालयमा समेत गुनासो गरेका छन तर विजया दशमीको विदा भएको कारण हालसम्म कुनै सुनुवाई हुन सकेको छैन । मन्त्रालयको आदेशलाई बेवास्ता गर्दै उपमहानगरपालिकाले उनलाई हालसम्म हाजिर हुन दिएको छैन ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: