श्रम सम्झौता अनुसार पारिश्रमिक नपाएको वैदेशिक रोजगारीमा गएका युवाको गुनासो


वैदेशिक रोजगारमा गएका अधिकांश नेपाली युवा श्रम सम्झौता अनुसार पारिश्रमिक नपाएपछि मर्कामा परेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीको गुनासो सम्बोधन गर्न स्थापना भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ‘कल सेन्टर’ मा श्रम सम्झौता अनुसार पारिश्रमिक नै नपाएको गुनासो धेरैजसोले गर्ने गरेका छन् । त्यसैगरी श्रम सम्झौता अनुसार काम पाउनेको पनि गुनासो धेरै आउने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । चैत्र १८ देखी साउन मसान्तसम्म १३ हजार दुइ सय ३२ गुनासा प्राप्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताउनुभयो । जसमध्येबाट १२ हजार एक सय ३१ अर्थात ९२ प्रतिशत गुनासा सम्बोधन भएका उहाँले बताउनुभयो । बैदेशिक र आन्तरिक रोजगार क्षेत्रका श्रमिकका समस्या तत्काल समाधानका लागि मन्त्रालयले सञ्चालनमा ल्याएको कल सेन्टरको श्रममन्त्री गोकर्ण विष्टले गत चैत्र १८ गते शुभारम्भ गर्नुभएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: