तीन गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहसचिव प्रेमकुमार राईका अनुसार कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यसदिन बिदा दिन अनुरोध आइरहेकोमा निर्णय भएको सचिव राईले बताउनुभयो । तिथिअनुसार कात्तिक १२ गते भाइटिका छ । पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो । संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: