मुख्यमन्त्री राउतद्वारा जनकपुर महोत्सवको उदघाटन


जनकपुरधाम, कार्तिक १ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा आज बाट शुरु भएको ५ दिवसीय जनकपुर महोत्सव २०७६को उद्घाटन गर्नु भएको छ । सिया इभेन्टसको आयोजनामा शुरु भएको उक्त महोत्सवको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो ठाँउको विकास र समृद्धिको लागि आफै उठनु पर्ने आग्रह गर्र्नु भयो । मिशन र उद्देश्यमा अडिग रहन आयोजक आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले आजको शुरुवातले भोली राम्रो प्रतिफल दिने विश्वास समेत व्यक्त गर्नु भयो
मुख्यमन्त्री राउतले यस्ता मेलाहरुले विभिन्न देशका व्यवसायीहरु संग स्थानीय व्यवसायीको सम्बन्ध बढनुका साथै व्यापारमा ठुलो लाभ लिन सक्ने बताउनु भयो ।
उहाँले मेलाको उद्घाटन गर्नुका साथै अवलोकन समेत गर्नु भएको छ ।
कार्तिक ५ गते सम्म चल्ने मेलामा नेपाल, बंगलादेश, भारत र पाकिस्तानका विभिन्न कम्पनीको स्टल राखिएको छ ।
मेलाको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शिवशंकर साह हिरा, जनकपुर उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष जितेन्द्र साह सहितको उपस्थिति रहेको थियो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: