कामको जिम्मेवारीले दशै मान्न नपाउनेहरुः सुरक्षाकर्मि, चिकित्सक र सञ्चारकर्मी


दशै लागेसँगै चाडपर्व मनाउन भन्दै देशविदेशबाट आफन्तहरु घर फर्किरहेका बेला सुरक्षा निकाय, चिकित्सक, संचारकर्मी भने मुलुक र जनताको लागि भन्दै आफ्नो कार्यक्षेत्रमा खटिएका हुन्छन् । दशैको विशेषता भनेकै परिवारका सबै मानिस भेला भएर आफ्ना मान्यजनबाट टीका जमराको साथमा आशिर्वाद लिनु हो । दशैको अवसरमा सरकारी तथा गैरसरकारी लगायतका अघिकांश कार्यालयका कर्मचारीको दशै विदा हुने गर्छ । टिका जमरा लगाई आफुभन्दा ठुलाबडाको आर्शिवाद थापी पिङ खेल्दै रमालो गरी सवै नेपाली नागरीकले दशै मनाईरहदा प्रहरी भने अहोरात्र खटी सुरक्षा दिईरहेका छन् भने संचारकर्मीहरु पनि सुचना र सन्देश प्रवाहमै तल्लिन छन् । चाडपर्व मनाउन देशविदेशबाट आफन्तहरु घर फर्किरहेका बेला सुरक्षा निकाय, चिकित्सक, संचारकर्मी भने मुलुक र जनताको लागि भन्दै आफ्नो कार्यक्षेत्रमा खटिएका हुन्छन् । चाडवर्पमा दुर्घटना नहोस् भनि सचेतना फैलाउन योजना बनाएरै खटिरहेको बताउनुहुन्छ प्रहरी उपरिक्षक राजकुमार वैदवार बताउनुहुन्छ । नागरिकलाई सुरक्षा दिने प्रहरी दशैमा परिवारसँग भेट्न नपाए पनि सामाजिक सेवामा तल्लीन हुन पाउदा निकै खुशी छन् । नागरिकहरु दशै मनाउन यात्रा गरिरहदा उनीहरुकै यात्रा सफल बनाउन अझ ट्राफिक प्रहरी सडकमै खटिरहेका छन् । चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, चुनौतीलाई कम गर्नमै प्रहरीको दशै वित्ने गर्छ । सुरक्षाकर्मी मात्र नभइ सुचना र सन्देश दिने जिम्मेवारी बोकेको संचारकर्मीहरु पनि दशै मनाउन घर जान पाउदैनन् । दशैमा घर जान नपाएपनि कामलाई उत्तरदायित्व मानेर कार्यालयमै दशै मनाउने संञ्चारकर्मी पनि कम छैनन् । दशै जस्तो महान पर्व परिवारसँग मनाउन नपाएपििन सबैलाई शुभकामना दिदै कार्यस्थलमा खटिरहेका सुरक्षाकर्मी र संचारकर्मीहरु मनमा परिवारको सम्झना बोकेर काम गर्दैछन् । वर्ष दिनमा एक पटक आउने रमाइलो पर्वमा पनि तपाइहरुलाई सुचना र मनोरञ्जन प्रदान गर्न पाउनु हाम्रो कर्तव्य र खुशी पनि हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: