सानो पार्टी भएर मधेसीको अधिकार दिलाउन सकिदैन ः राजेन्द्र महतो




राष्टिय जना पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सानो पार्टीहरु छुटटा छुटटै बसेर मधेसको पक्षमा संविधान संसोधन लगायतका मुद्दाहरु सम्बोधन गराउन नसकिने भएको कारणले अहिले पार्टी एकताको आवश्यकता रहेको बताउनुभयो ।
धनुषा क्षेत्र नम्बर ३का सांसद समेत रहेका महतोले आयोजना गरेको चियापालन कार्यक्रममा संचारकर्मीहरुसंग कुराकानी गर्दै महतोले मधेसको मुद्दालाई सम्बोधन गराउनको लागि समेत पार्टी एकताको आवश्यकता रहेको बताउनुभयो । उहाले राजपा र समाजवादी पार्टी बिचमा एकताको कुरा निकै अगाडि बढिसकेको बताउनुभयो । महतोले पार्टीको चिन्ह र पार्टीको नाउको विषयमा टुगोमा पुगीसकेको बताउदै अब नेतृत्वको विषयमा र अन्य व्यवथापनहरुको विषयमा कुरा मिल्न मात्र बांकी रहेको बताउनुभयो । उहाले प्रविधिक विषयहरुमा टुगो लागेपछि पार्टी एकता हुने बताउनुभयो ।
नेता महतोले समाजवादी पार्टी अहिले सरकारमा रहेको कारणले गर्दा समेत केही समस्या मिल्नमा आईरहेको बताउदै समाजवादी पार्टीले सरकारमा बसेर मधेसको मुद्दाहरुलाई सम्बोधन गराउन सक्छु भन्ने केवल भ्रम मात्र रहेको बताउदै अविलम्ब सरकार छाडन समाजवादी पार्टीलाई महतोले आग्रह गर्नुभयो । उहाले वर्तमान सरकार मधेस विरोधी र नश्वादी सरकार रहेको कारणले यसले मधेसी जनताको पक्षमा काम नगरेको आरोप लगाउनुभयो ।
पार्टी एकता समेत जनताको आकाक्षारहेको बताउदै तत्काल एकताको लागि राजपाले तदर्थ समिति बनाएर अगाडि बढन समेत तयार रहेको बताउनुभयो । महतोले काग्रेस र नेकपाको विकल्पको रुपमा अहिले मधेस केन्द्रित पार्टी बिचमा मोर्चा एकिकरणको आवश्यकता रहेको औल्याउनुभयो ।
महतोले पर्व तिहार पछि एकताको बांकी कार्यहरु समेत टुगोमा पुग्ने समेत बताउनुभयो । उहाले पार्टी एकताको विषयमा आफनो पार्टीमा कुनै विवाद नरहेको समेत प्रष्टा पार्नुभयो । समाजवादी पार्टीसँग एकता प्रक्रियाको कुरा धेरै अगाडिसम्म बढि सकेको चर्चा गर्दै उहाले भन्नुभयो विभिन्न पटकको अनौपचारिक वार्तापछि दुवै पार्टीको नाम समायोजन हुने गरी पार्टीको नाम, छाप र भातृ संगठन लगायतका कुरामा सहमति भइसकेको छ, अब पार्टी अध्यक्षको जिम्मेवारी महन्थ ठाकुरलाई र समाजवादीलाई सरकारबाट बर्हिगमनको कुरामा बहस चलिरहेको छ ।
नेता महतोले भने समाजवादी पार्टी पनि सकारात्मक नै देखिएको छ । जहाँसम्म पार्टी नेतृत्वको कुरा छ उनीहरुको कात्तिक ३० गते बस्ने बैठकबाट केही निष्कर्ष निस्किनेछ ।
पत्रकारहरुहरुको जिज्ञासामा उनले भने पार्टी नेतृत्वमा छलफल भइरहेको छ तर अधिवेशन नभएसम्म कसैलाई औपचारिक जिम्मेवारी दिन सकिदैन भन्ने कुरामा तबसम्मका लागि केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय स्तरसम्म तदर्थ कमिटी गठन गरेर अघि बढन सकिने पनि अघि बढाइएको छ ।
पार्टी नेतृत्वकर्तामा कुरा नमिलेपनि तदर्थ समिति गठन गरी समायोजनको कुरालाई अघि बढाइने कुरामा छलफल भइरहेको छ । जे भएपनि पार्टीको नाममा दोकानदारी गर्ने जस्ता प्रवृति अन्त्य गर्न जनताको मनोभावना र अधिकार प्राप्तिका लागि सबै अधिकारवादीलाई एक प्लेटफार्ममा आउनै पर्छ भने ।  महतोले आयोजना गरेको चियापान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत,भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल,प्रदेश नम्बर २का सभामुख सरोजकुमार यादव ,सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: