चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै


चिनियाँ राष्ट्रपति सी चिनफिङ आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सी अपरान्ह साँढे ४ बजे काठमाडौं आइपुग्नु हुने कार्यतालिका रहेको छ । राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुहुने छ । राष्ट्रपति भण्डारी सीको स्वागतको लागि विमानसम्मै पुग्नुहुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीहरु भने केही वरै रहने जनाइएको छ । लामो समयपछि हुन लागेको उच्चस्तरीय भ्रमणलाई ऐतिहासिक बनाउन सरकारले तयारी तिब्र पारेको छ । सीको स्वागतको लागि काठमाण्डौंका सडकहरु सजाइएको छ भने सरसफाईलाई विशेष प्राथामिकता दिईएको छ । शहरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । नेपालमा रहँदा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शिर्ष नेतालाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर हुने छ । भ्रमण सकेर सी भोली आइतबार १ बजे स्वदेश फर्कनुहुने छ । सी भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । सी भ्रमणका क्रममा आज दिउँसो २ः५५ बजेदेखि ५ः२५ सम्म र भोली दिउँसो ११ः२० देखि ३ः५० सम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुनेछ । यसैबीच, सरकारले चिनियाँ राष्ट्रपति सी को भ्रमण ऐतिहासिक हुने दाबी गरेको छ । सीआईएनसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना, प्रबिधि मन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमण ऐतिहासिक हुने दाबी गर्नुभयो । सरकारले सी भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सी भ्रमणको सुरक्षा, आवास र छलफलका एजेण्डा पनि सम्पूर्ण रुपमा तयार भएको मन्त्री बास्कोटाले बताउनुभयो । सीको भ्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले चक्रपथभित्र ठूला सवारी साधनलाई प्रवेश निषेध गरेको छ । सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गर्ने निर्णय गरिएको छ । यस्तै, राष्ट्रपति सीको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा खटाइने भएको छ । राष्ट्रपति सी नेपाल आउने दिन आज र स्वदेश फर्किने दिन भोली नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् । यसैबीच, चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बैदेशिक मामिलाका जानकारहरुले ऐतिहासिक र महत्वपूर्ण मानेका छन् । सीआईएनसँग कुराकानी गर्दै चीन मामिलाका जानकार टंक कार्कीले भ्रमणका अवसरमा हुने सहमति र दीर्घकालिन योजनाहरु नेपालको लागि महत्वपूर्ण हुने बताउनुभयो । यस्तै बिभिन्न दलका नेताहरुले पनि सीको भ्रमणलाई ऐतिहासिक बनाउनुपर्ने धारणा राखेका छन् । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक हुने बताउनुभयो । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्ने बताउनुभएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: