स्तन क्यान्सर विषयमा जनचेतना जगाउनुपर्ने खाचोःमन्त्री साह


 विनय तारा फाउण्डेसनको आयोजना जनकपुरमा स्तन क्यान्सको विषयमा जनचेतना रैली निकालिएको छ। जनक चौकमा आयोजना गरिएको कार्यक्रममा स्तन क्यान्सरको विषयमा समाजमा रहेको साधारणा र यस विषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको छ । प्रतिवर्ष दुई लाखभन्दा धेरै अमेरिकि महिलालाई स्तन क्यान्सर हुन्छ भने प्रतिवर्ष ४० हजारले यस रोगका कारण मृत्युवरण गर्छन् । प्रत्येक आठमा एक अर्थात् १२.६ प्रतिशत महिलालाई जीवनकालमा एकपटक स्तन क्यान्सर हुन्छ । प्रत्येक १३ मिनेटमा स्तन क्यान्सरका कारण एक महिलाको मृत्यु हुन्छ । क्यान्सरबाट मर्ने १५ देखि ५४ वर्षका महिलाहरूमा सबैभन्दा धेरै लाग्ने स्तन क्यान्सर हो भने ५५(७४ वर्षका महिलाको मृत्युको दोस्रो कारण हो । समयमै रोगको निदान र उपचार गर्ने ९६ प्रतिशत महिलाहरू पाँच वर्षपछि क्यान्सररहित हुन्छन् । ८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् । स्तन क्यान्सर प्रौढलाई मात्र होइन, जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ ।स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ । नियमित रूपमा आफैँले आफ्नो परीक्षण गर्ने, चिकित्सकबाट परीक्षण गराउने, स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्ने, गिर्खा्भित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउन स्तनको अल्ट्रासाउन्ड गर्ने, क्यान्सर पत्ता लगाउन बायोप्सी, सिटिस्क्यान, एमआरआई, पीईटी स्क्यान, छातीको एक्सरे, लिम्फ ग्रन्थिको बायोप्सी आदि परीक्षणहरू गरिन्छ ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर २का समाजिक विकास मन्त्री नवलकिसोर साहले अहिले विश्वसमा सर्ने रोग भन्दा नसर्ने रोगको प्रकोप बढि रहेको बताउनुभयो ।
साहले यसको विषयमा जनचेतनाको आवश्यकता रहेको औल्याउनुभयो । उहाले जनचेतनाको माध्यमबाट यस रोगका निदान गर्न सकिने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य क्षेत्रसंग आवद्ध रहेको व्यक्तिहरुको सहभागिता रहेको थियो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: