गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते



गुल्मीको मुसिकोट नगरपालिका ९ ददल्कामा पिकप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरका पिकप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा अर्लाङ्कोटका करिब ७५ बर्षका रामप्रसाद खरेल र रेसुङ्गा नगरपालिका ३ का मसुरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका २३ बर्षीय भानुभक्त पौडेल, चालक ज्ञानबहादुर बिक, उनका ८ बर्षीया छोरी सोनीया बिक र श्रीमती बिष्णु बिक रहेका छन् । घाइते सबैलाई थप उपचारका लागि पाल्पा लगिएको छ । मृतकको शव पोष्टमार्टमका जिल्ला अस्पताल तम्घास पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार साँझको समयमा दुर्घटना भएका कारण उद्धारमा कठिनाइ भएको थियो । गाडी सडकबाट करिब दुईसय मिटर तल खसेको छ । पिकप अर्लाङ्गकोटका द्रोणप्रसाद सापकोटाको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: