व्याकुल माईला गोल्डकप आजबाट सुरु हुँदै


व्याकुल माईला गोल्डकप आजबाट सुरु हुँदैछ । राष्ट्रिय गानका रचनाकार व्याकुल माईलाको नामबाट विगत ८ वर्षदेखि सञ्चालन हुँदै आएको व्याकुल माईला गोल्डकपको आठौं संस्करण आजबाट सुरु हुन लागेको हो । खेलकुदका माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक संस्थाका संस्थापक संयोजक आश्राचन राईले जानकारी दिनुभयो । सोक्माटारमा सञ्चालन हुने प्रतियोगितामा खुल्ला पुरुष फुटबल र रुपामाया स्मृति महिला फुटबल खेल खेलिनेछ । पुरुष तर्फको खेलमा प्रथम हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्रको साथमा नगद १ लाख ५० हजार र द्धितिय हुनेले नगद ८० हजार र सेमीफाईनलमा पुग्ने टिमले नगद १५÷१५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता तथा उदयमान खेलाडीलाई मेडलको साथमा जनही तीन–तीन हजार, र अनुशासित टिमलाई दिलकर्ण बेस्ट अबार्ड प्रमाण पत्र सहित नगद १० हजार प्रदान गरिने छ । महिला तर्फको फुटबल खेलमा प्रथम हुने टिमलाई शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद २५ हजार र द्वितिय हुने टिमलाई शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद १० हजार प्रदान गरिने छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: