नेपाल टी–ट्वान्टी वरियतामा दुई स्थान तल झर्यो


अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान तल झर्दै १३ औं स्थानमा पुगेको हो । अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १ सय ९० रेटीङ अंक पाएको छ । हालै सिंगापुरमा त्री–कोणात्मक र ओमानमा भएको पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेपनि नेपालको वरियता घटेको छ । सिंगापुरमा नेपाल दोस्रो र ओमानमा तेस्रो भएको थियो । यसअघि नेपाल भन्दा तल रहेको स्कटल्याण्ड र युएईले वरियतामा फड्को मार्दा नेपाल तल झरेको हो । नयाँ वरियतामा स्कटल्याण्ड ११ औं र युएई १२ औं स्थानमा उक्लिएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: