काभ्रेमा फूल खेती गर्ने किसान बढ्दै, बजार पनि राम्रो

काभ्रेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । राजधानी काठमाडौंबाट नजिकै भएकाले फूल खेती गर्ने किसानलाई बजारको समस्या छैन । काभ्रेको रोशी गाँउपालिका वडा नम्बर ७ का जनार्दन गौतम बाह्रै महिना सयपत्री फूलको खेती गर्नुहुन्छ । तिहारको बेला उत्पादन भएको फूल बजारमा पु¥याउन उहाँलाई भ्याई नभ्याई हुन्छ । बनेपा नगरपालिका वडा नम्बर १० जनागालमा पुष्प खेती गर्दै आउनु भएका सुस्मा बस्नेतको पनि खेतिमै व्यस्त हुनुहुन्छ । काभ्रे विशेष गरी कटफ्लावरले चिनिन्छ । कार्नेशन, जर्बेरा, लिमोनीयम, गुलाफ, जिप्सोफीला, सयपत्री गोदावरी लगायतका फूल किसानले उत्पादन गरिरहेका छन् । पुष्प ब्यवसायी संघ काभ्रेका अनुसार हाल व्यक्तिगत र व्यवसायिक गरि साना ठुला ३० वटा भन्दा बढी फार्महरुमा फूल खेति हुन्छ । पुष्प ब्यवसायी संघ काभ्रेका अध्यक्ष विरेन्द्र श्रेष्ठ जिल्लामा उत्पादित फूलमध्ये ९० प्रतिशत काठमाडौं जाने गरेको र १० प्रतिशत मात्रै काभ्रेमा खपत हुने गरेको बताउनुहुन्छ । जिल्लाको बनेपा, धुलीखेल, पनौती, रोशी, पाँचखाल, बेथानचोक र भुम्लुका विभिन्न स्थानाम फूल खेति हुँदै आएको छ । पुष्प खेती प्रबद्र्धनका लागि कृषि ज्ञान केन्द्र काभ्रेले योजना बनाइरहेको कार्यालय प्रमुख जनार्दन खड्काले बताउनुभयो । प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ सय भन्दा बढीलाई पुष्प खेतीले रोजगारी दिएको छ । पुष्प व्यवसायी संघ काभ्रेका अनुसार समग्र पुष्प खेतीमा १५ करोड रुपैयाँको लगानी रहेको छ भने फूलकै कारोबारबाट जिल्लामा वर्षेनी तीन करोड रुपैयाँसम्म भित्रने गरेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: