आज बडादशैंको दशौं दिन, मान्यजनबाट टीका र आर्शिवाद ग्रहण लगाइँदै


आज बडादशैको दशौ दिन विजयादशमी । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन अर्थात आज दशैको मुख्य दिन हो । आजको दिनलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । आज मान्यजनको हातबाट रातो टीका र जमरा लगाई आर्सिवाद थाप्ने प्रचलन रहेको छ । बिहान १० बजेर ३५ मिनेटमा शुभसाइत पारेर टिका लगाएपछि देशभर आ आफ्नो अनुकुल अनुसार टीका जमरा लाउने क्रम जारी छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाउनुभएको छ । त्यसपछि उहाँले आफन्त र सर्वसाधारणलाई टीका लगाइदिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि दसैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुग्नुभएका ओलीलाई दशैंको टीका, जमरा र माला लगाइदिनुभएको हो । भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभएको छ । उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिनुभएको छ । भण्डारीले शितलनिवासमा सर्वसाधारणलाई पनि टीका लगाइदिने क्रम अहिले पनि जारी छ । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गनुभएको छ । पुनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाउनुभएको हो । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्नुभएको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिनुहुने भएको छ । ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिएर त्यसपछि सर्वसाधारण तथा कार्यकर्तालाइ टीका लगाउने क्रम सुरु भएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: