चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता हुँदै


नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीसँगको भेटमा द्विपक्षिय हितका सम्बन्धमा केही सहमति हुनेछन् । प्रधानमन्त्रीसँगको छलफलका क्रममा आज दुई देशको तर्फबाट केरुङ–काठमाण्डौ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा सम्झौता हुने सम्भावना रहेको छ । यस्तै, गल्छी रसुवागढी केरुङ ४०० केभी अन्तरदेशिय विद्युत् प्रसारण लाइनबारे, तमोर जलविद्युत आयोजना निर्माणबारे संझौता, तातोपानी, काठमाण्डौं सडक स्तर उन्नती, पूर्व पश्चिम रेल मार्गलाई सहुलियत लगाएत विषयमा सम्झौता हुने बताइएको छ । विज्ञहरुले भने दीर्घकालिन योजनाका विषयमा सम्झौता गर्नुपर्ने धारणा राखेका छन् । सीआईएनसँगको कुराकानीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्दराज पोखरेलले रोजगारी सृजना गर्ने खालका योजनामा विशेष जोड दिनुपर्ने बताउनुभयो । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियार सहितका सेना खटाइएको छ । सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण भएको यो २३ वर्षमा पहिलो पटक हो । भ्रमणलाई नेपालले महत्वका साथ हेरेको छ । भ्रमण सकेर सी आज दिउँसो १ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: