शिक्षातर्फ चर्चित रहेका जनकपुरधाम स्थि श्री रामजानकी कोचिंग प्रा.लि. ले आफ्ना संस्थाबाट उत्तिर्ण भई नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका विद्यार्थीहरुलाई सम्मान गरेको छ । बिहीवार दिपावली तथा छठ पर्वको अवसरमा रामजानकी टेक्निकल इन्स्टिच्यूट, मिथिला टेक्निकल एकेडमी र रामजानकी कोचिंगले संयक्त रुपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम मार्फत तिनीहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा विमलराज विक्रम साह, विन्देश्वर साह, धर्मनाथ प्रसाद साह, गोविन्द साह, निक्की पाठक, निशु कर्ण, श्रुति कर्ण, रामनिवास यादव, रामकैलाश साह, संजय कुमार यादव (ए) र संजयकुमार (बी) रहेको छ । तिनीहरुलाई प्रमुख अतिथि प्रा.डा. चन्द्रकिशोर सिंहले सम्मानपत्र र डायरी सहित सम्मान गरेको छ । सो शुभकामना आदान प्रदान कार्यक्रममा अध्ययनरत विद्यार्थी गीत संगीत र नृत्य सहितका सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । संस्थाका वरिष्ठ शिक्षक रामबहादुर पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मिथिला टेक्निकल एकेडमी तथा रामजानकी टेक्निकल इन्स्टिच्यूटका प्रिन्सिपल शैलेन्द्र साह, रामजानकी कोचिंग सेन्टरका प्रिन्सिपल गणेश कुमार साह, शिक्षक ओम चौधरी, श्रीचन्द्र साह, राजु दास लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

0 comments:
Post a Comment