आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटको आदेश

विभिन्न व्यक्तिलाई जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ । हिजो न्यायाधीश चाणकमणि अर्यालको इजलासले पाँच दिन थुनमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि गत २६ गते आइतबार रौतहटस्थित आफताब निवासबाटै पक्राउ गरेको थियो । १२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी केहीको घटनास्थलमै मृत्यु भएको थियो । आफताबलाई हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोपसमेत लागेको कटहरिया एफ एम रौतहटले खबर पठाएको छ ।
यसैविच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौँले साधारण तारेखमा छाड्न आदेश दिएको छ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौँले ३५ दिने म्याद जारी गरेको थियो । अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले हिजो अदालतमा उपस्थित भएर बयान दिनुभएको थियो । उहाँको बयान सकिएपछि साधारण तारेखमा छाड्ने आदेश अदालतले दिएको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: