विमान स्थल तोडफोड घटनाको थुनछेक बहस सुरु


जनकपुर विमान स्थलमा भएको तोडफोड घटनाका आरोपी सांसद प्रमोद साहको मुद्दाको जिल्ला अदालत धनुषामा थुनछेक बहस सुरु भएको छ। जनकपुर उडडन कार्यालयको प्रमुख सन्तोष ढकालको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर १बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको थुनछेक बहस सुरु भएको छ। जनकपुरबाट काठमाडौ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुदा सांसद साहले बुद्ध एयरको काण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ कको आधारमा अपराध गरेको कारणले उनिमाथि पांच वर्ष देखि दस वर्ष सम्मको कैद सजायको मांग दावि सहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको हो । हिजो जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएपछि आज देखि थुनछेक बहस सुरु भएको छ।
यस्तो छ प्रहरी प्रतिवेदन सन्तोष ढकालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रमोद साह भएको गैर सैनिक हवाई उठान ऐन अन्र्तगत कसुर अपराध मुघामा २०७६।०६।२७ गते माननिय प्रमोद साहले जहाज ढिलो आएकोमा कारण जनकपुर विमान स्थालको टर्मिनल भवन भित्र हो हल्ला गरि भिआईपी कक्षा र बुद्ध एयरको टिकट काउण्टर समेतमा तोडफोड गरि क्षति पुर्याइएको घटना स्थलबाट खिचिएको फोटो र सोही घटना बारे विभिन्न पत्र पत्रिकाहरुमा छापिएको पत्रीका कटीन गरि प्रतिवेदन साथ पेश गरेको छु कानुन बमोजिम होस भन्ने समेत व्यहोरोको प्रनि उमाशंकर प्रसाह शाहको प्रतिवेदन ।  
घटनाको विवरण कागज
२०७६०६।२७ गते अन्दाजी १३ः२५ बजेको समयमा बुद्ध एयरको काउण्टरमा नै थिए । विमानको भिआईपी कक्षामा माननिय प्रमोद साह एक जना बिरामी लिई बस्नु भएको र माननिय प्रमोद साहले बिारमी जचाउनको लागि बुद्ध एयरको टिकट काटनु भएको थियो । उक्त दिन बुद्ध एयरको टिकट लिएको प्रमोद साह जहाज किन आएन बिरामी चजाउन ढिलो भयो भनी बुद्ध एयरको काउण्टरमा आई कर्मचारीहरुलाई गाली गरि काउण्टरमा जडान रहेको तारहरु समेत चिडाउनु भएको जहाज ढिलो आएको कारण निजक माननिय प्रमोद साह रिस आवेशमा आई सिसा तथा तार समेत चुडाउनु भएको हो भन्ने व्यहोराको अशोककुमार माझी र सन्दीप खवासले दिएको विवरण कागज । अभियोग दाविसंग सम्बन्धीत कानुनी व्यवस्था गैर सैनिक हवाई उडान ऐन २०१५को दफा ९ क अपराध र दण्ड सजहाय १ देहाय बमोजिमका कुनै कार्यहरु गरेमा देहाय बमोजिम अपराधक मानिने छ ।
 हवाई यायातासंग सम्बन्धीत व्यक्तिको सुरक्षा विरुद्धको अपराधः हवाई उडान कार्यसंग सम्बन्धीत कुनैपनि कर्मचारी,विमान स्थलमा कार्यरत सरकारी वा गैर सरकारी कर्मचारी,हवाई यात्रु लगायत विमान स्थलमा आगन्तुक कुनैपनि व्यक्तिलाई हात हतियार लिई वा नलिई डर धम्की ,प्रलोभन वा अरु कुनै तरिका अपनाई अपहरण गरि वा कब्जामा लिई आफनो कर्तव्यबाट विचलित पारि वा अन्य कुनै किसिमबाट हवाई उडान संचालन तथा सुरक्षामा खतरा वा बाधा उत्पन्न गराउने कार्य गरेमा हवाई यातायातासंग सम्बन्धीत व्यक्तिको सुरक्षा विरुद्धको अपराध गरेको मानिने छ । खण्ड छ बमोजिम अपराध गर्नेलाई पांच वर्ष देखि दश वर्ष सम्म कैद हुने छ।
 प्रहरीले पेश गरेको सबुत प्रमाणहरु २०७६०६२७ गतेको घटना स्थल प्रकृति मुचुल्का पाना ३ सिसि फुटेजको भिडियो राखेको सिडि चक्का राखिएको खामबन्दी थान १ २७ गतेको जाहेरी दरखास्त पाना १ सोही गतेको अनुसन्धान अधिकृत तोकिएको पत्र पाना १ विभिन्न न्युजहरुको कम्प्युटर प्रिन्ट गरिएको कागजातहरु
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: