कोरला नाका सञ्चालनका लागि चीनको तयारी पूरा, नेपालको काम भने सुस्त




मुस्ताङको कोरला नाका छिट्टै सञ्चालनमा आउनेमा मुस्ताङ, म्यागदी, पर्वत र वागलुङका व्यवसायी, जनप्रतिनिधी र सर्वसाधारणहरु उत्साहित छन् । कोरला नाका सञ्चालन भएमा दुई देशिय व्यापार बढ्ने, पर्यटन आगमन बढ्ने, विद्युत व्यापार सहज हुने विश्वास छ । कोरला नाका सञ्चालनका लागि चीनले लगभग सम्पूर्ण तयारी पूरा गरिसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेनमा पर्ने कोरला नाका क्षेत्रमा चीनले भन्सार, सुरक्षा, सडक पहुँचलगायतका भौतिक पूर्वाधार निर्माण गरिसकेको छ । कोरला नाका सञ्चालनको विषय सुनेपछि खुशी लागेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो । कोरला नाका सञ्चालन भएमा भारतसँगको व्यापारिक परनिर्भरता हट्ने, धौलागिरि क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने मात्र नभइ कालीगण्डकी करिडोरमा जलविद्युत् र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने, गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले बताउनुभयो । तर नेपालको तयारी भने अत्यन्त न्यून देखिएको छ । कोरला नाका नजिकै पर्ने नेचुङ भन्सार कार्यालय २१ वर्षपछि २०७३ मा पुनःस्थापना भएको थियो । प्रशासनिक, सुरक्षा, भन्सार, बन्दरगाहको लागि जग्गा व्यवस्थापनको प्रक्रिया लगभग टुंगिएको छ । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडी लोकमार्गको काम तिव्र रुपमा अघि बढिरहेको र सडकहरु छिट्टै सञ्चालनमा आउने बताउनुहुन्छ । मुस्ताङ र ढोरपाटनका स्याउले पनि राम्रो बजार पाउने उहाँको भनाइ छ । वि.सं. २०३२ मा शुरु भएको कोरला नाकामा खम्पा विद्रोहपछि समस्या सिर्जना भएको थियो । चीनलाई खम्पा विद्रोह जस्तै सम्भावित अन्य कुनै समस्या आइपर्ने हो कि भन्ने चिन्ताका कारण पनि कोरला नाका सञ्चालनमा त्यति धेरै चासो नभएको विज्ञहरु बताउँछन् । पछिल्लो समय चीनका राष्ट्रपतिको भ्रमणका क्रममा कोरला नाका सञ्चालनको एजेण्डा समेत दुई पक्षिय समझदारीको विषय बनेपछि अब नाका खुल्ने आशा पलाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: