जनकपुरधाममा फोहरको समस्या जस्ताको त्यस्तै


स्थानिय निकायको निर्वाचनको समयमा सबै उम्मेदवारहरुले जनकपुरधाम उपमहानगरपालिकामा फोहरलाई लिएर स्थानिय मुद्दा बनाएका थिए । तर स्थानिय निकायमा जनप्रतिनिधि आएको झण्डै अढाई वर्ष पुरा भएपनि समस्या जस्ताको त्यस्तै देखिएको छ। जनकपुरको घोषित समाजसेविहरुले प्रायः जसो कुनै न कुनै चौकमा फसाई अभियान संचालन गर्ने गरेका छन। तर जनकपुरमा भने सफाईमा कुनै सुधार आएको देखिदैनन । फोहरको कारणले जनकपुरको सौन्दर्ययतालाई समाप्त भएको छ। प्राचीन मिथिलाको राजधानी एवं प्रदेश नम्बर २को अस्थायि राजधानी जनकपुरमा फोहरको समस्या देखिएको छ। राजनीतिक खिचातानीले फोहर व्यवस्थापन नहुँदा जनकपुरको सौन्दर्य छोपिएको छ । संघीय नेपालमा प्रदेश २ का लागि तोकिएको अस्थायी मुकाम जनकपुर अव्यवस्थित र दुर्ग्न्धित सहर बन्न पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रविन्दु जानकी मन्दिरको मूल गेटमै फोहर थुप्रिएको छ ।
मिथिलाको भोजन, संस्कृति, पहिरन बुझ्ने मौका पाउँदा धार्मिक नगरी जनकपुर टेक्दा प्रसन्न मनले आउने पर्यटक दुर्गन्धले मन खिन्न बनाउन बाध्य छन् । यहाँका तलाउ, सरोवर, सडक, मठ मन्दिर, खाना नास्ता खाने होटल, चौतारा फोहरले ढाकिएका छन् । पोखरीको पानी फोहरले कालो भएको छ । ढल फोहरले पुरिएका कारण सुख्खा समयमा पनि जनकपुरको मुख्य सडक हिल्लाम्मे छ । सडक पेटी व्यापारीले अतिक्रमण गरी फोहर सडकमा फाल्दा प्लास्टिक र कागजले सहर नै कुरूप बनेको छ ।
स्थानीय निकायको चुनावमा जनकपुर उपमहानगरपालिका उम्मेदवारले सरसफाइ पहिलो मुद्दा बनाएका थिए । निर्वा्चित मेयर लालकिशोर साहले ग्रेटर जनकपुरको अवधारणा लागू गर्ने बताएका थिए । निर्वा्चित भएको दोस्रो दिन मेयर साहले झाडु लिएर सडक सरसफाइ गरे । तर, ५ महिना बित्दा जनकपुरको फोहर व्यवस्थापन तथा सरसफाइमा कुनै सुधार भएको छैन ।सडक निर्माण भइरहेकाले सरसफाइ प्रभावकारी हुन नसकेको मेयर साह बताउँछन । निर्वा्चित भएर ‘आएपछि सरसफाइमै हाम्रो ध्यान केन्द्रित भयो,’ साहले भने, ‘जनकपुरको केन्द्र मानिने जानकी मन्दिर, जनक मन्दिर र राममन्दिर आसपासमा सरसफाइका लागि जनशक्ति थप गरी प्रभावकारी बनाउने योजना छ ।’
ल्यान्डफिल्ड साइट नहुँदा जनकपुर नगर क्षेत्रबाट दैनिक २ ट्याक्टर र ४ ट्रिपरमा जम्मा गरिएको १४ टिप फोहर व्यवस्थापन गर्न समस्या भएको उपमहानगरपालिका सरसफाइ प्रमुख ललन कर्ण बताउँछन् । एसियाली विकास बैंकको ऋण तथा आर्थिक सहयोगमा फोहर प्रशोधन केन्द्र बनाउने योजना स्थानीयस्तरमा भएका अवरोधले अलपत्र परेको छ । सहरको नयाँ स्वरूप दिनका लागि २०७० मा सुरु भएको स्वच्छ जनकपुरधाम महाअभियानले चर्चा पाए पनि वृहत बन्न सकेको छैन ।
जनकपुरमा भने जथाभावि रुपमा खुलेको होटलहरुले समेत अत्याधिक रुपमा फोहर उत्सर्जन गर्ने गरेका छन। उनिहरुले व्यवस्थीत गर्न नसकेको कारणले गर्दा समस्या आएको छ। जनकपुर नगर क्षेत्र भित्रको एक स्वास्थ्य संस्थाले अस्पतालको फोहर पौराणिक पोखरीमा विसर्जन गर्नाले पोखरीको धार्मिक आस्थामा कमि आउनुको साथै महामारी फैलिने भन्दै स्थानीय चिन्तित भएका छन् । 
जनकपुर उपनगरपालिका वडा नं ८ स्थित रहेको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरले अस्पतालजन्य फोहर पानी लगायत स्वास्थ्य संस्थाबाट निस्कने औषधिका खाली शिशी, सुई, रगतले लतपतिएका कपडा, कपास, औषधिका खोल र पञ्जा ढलनिकाससमेत आफनो अस्पताल छेउमा रहेको कपाल मोचनीसरको मुहानमै फाल्नाले उक्त पोखरीमा नुहाउने व्यक्तिलाई महामारी फैलिने सम्भावना देखिएको छ ।
वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य संस्थाका फोहरको यथोचित व्यवस्थापनमा जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरले हेलचक्रयाईं गरेको पाइएको हो । अस्पतालले प्रयोगशालामा प्रयोग गरिएको सामग्री समेत पानीको मुहानमाथि छेवैमा मनपरी ढंगले फाल्ने गर्दछ ।  फोहर व्यवस्थापनसम्बन्धी ऐन २०६८ र नियमावली २०६९ मा स्वास्थ्य सस्थाले आफैँ फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । फोहोरमैला व्यवस्थापन ऐन ०६८ को परिच्छेद् ९ को दफा ३९ बमोजिम अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ गर्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८ को परिच्छेद ९ को दफा ३८ को खण्ड    (ञ) बमोजिम जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्काशन गर्नेलाई तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भने सोही ऐनको दफा ३८ को खण्ड (ट),  (ठ) र (त) बमोजिम स्थानीय निकायले पचास हजार रुपैयैयादेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
त्यस्तै स्थानिय वुद्धिजिविहरुका अनुसार वातावरण र मानव स्वास्थ्यका लागि स्वास्थ्य संस्थाका फोहर घातक हुन्छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: