प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान


प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली मध्यान्ह पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको टोली अजरबैजान गएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत टोलीमा सहभागी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनमा सहभागी हुन यसअघि नै बाकु पुगिसक्नुभएको छ । अधिकारीका अनुसार प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्किनुहुनेछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । आज प्रधानमन्त्री अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नुभएकाले उहाँले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी जिम्मेवारी दिनुभएको हो । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिुनुभएको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: