भोटसिपा बस दुर्घटनाका मृतक परिवारलाई गाउँपालिकाले प्रति परिवार २५ हजार दिने


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० मा हिजो भएको बस दुर्घटनामा मृत्यु भएकाको परिवालाई गाउँपालिकाले २५ हजारका दरले रकम दिने भएको छ । बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजारका दरले खर्च दिने भएको हो । गाउँपालिकाले घाइतेको शिघ्र स्वास्थ्यलाभ र मृतक प्रति समवेदना व्यक्त गरेको छ । दशैं मनाउन गाउँ गएकाहरु राजधानी फर्कने क्रममा बस दुर्घटना भएको हो । बा २ ख २७१५ नम्बरको बस सडकबाट दुईसय मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो । अहिलेसम्म मृत्यु हुनेको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले सीआईएनलाई जानकारी दिनुभयो । बसमा क्षमता भन्दा धेरै यात्रु चढेका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ्गले घाइतेहरुको उपचारका लागि आफ्नो तर्फबाट सकेसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: