बारा प्रहरीद्वारा भन्सार छलेर ल्याउँदै गरेको चिनी बरामद


बारा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उप महानगरपालिका ६ बाट भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्र्याएको एक लाख ५० हजार मूल्य बराबरको १७ क्वीन्टल चिनीसहित बोरा सिलाउने मेसिन १ थान र विभिन्न चिनी उत्पादन कम्पनिको नाम उल्लेखित खाली बोरा २ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिनुभयो । भन्सार छली नेपाल ल्याएर लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले चिनी बरामद गरि आवश्यक अनुसन्धानका लागि आज भन्सार कार्यालय विरगञ्ज पठाउने तयारी भएको उहाँले बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: