नियमित रुपमा बजार अनुगमन गर्न उपभोक्ताको माग



तिहार, छठ जस्ता पर्वको अवसरमा बजार अनुगमन तिब्र पारिएको छ । तर अरु बेला बजार अनुगमन नहुने भएकाले उपभोक्ता ठगीमा पर्ने र म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्यबस्तुको बिक्रिले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्छ । चाडपर्वका बेलामात्रै भन्दा पनि नियमित रुपमा बजार अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ । चाडपर्वको बेला दैनिक चाहिने उपभोग्य सामानसँगै अन्य सामानको पनि बिक्री बढ्ने भएकाले उपभोक्ता ठगीमा पर्ने सम्भावना बढि नै हुन्छ । चाडपर्वको समयमा मात्रै नभइ अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने एकजना उपभोक्ता मीनु श्रेष्ठ बताउनुहन्छ । उपभोक्ताहरुले बजार अनुगन निरन्तर होस् भन्ने चाहिरहेका स्थानीय निलम श्रेष्ठको भनाइ छ । चाडपर्वमा मात्रै नभई अन्य बेलामा पनि बिरगञ्ज लगायत पर्सा जिल्लाका अधिकांश व्यापारीहरुले मूल्य सूची नराखी सामान विक्री विरतण गर्ने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च विरगञ्जका अध्यक्ष अजित भुजेल यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ । पर्सासहित ८ वटा जिल्ला कार्य क्षेत्र भएको बाणिज्य कार्यालय बिरगञ्जका प्रमुख ओम नारायण शर्मा कर्मचारी अभाव भएपनि चाडपर्व लगायत अन्य बेलामा पनि बजार अनुगमन गरिरहेको बताउनुहुन्छ । प्रदेश २ का आठ वटै जिल्ला र प्रदेश ३ का चितवन र मकवानपुरमा पनि बजार अनुगमनको कामलाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: