सांसद आलमलाई पक्राउ गरेको प्रति काँग्रेस रौतहटको आपत्ति


संघीय सांसद मोहमद आफताब आलमलाई पक्राउ गरेको प्रति नेपाली काँग्रेस रौतहटले आपत्ति जनाएको छ । सांसद आलम पक्राउको खबर सञ्चार माध्यमबाट सार्वजनिक भएलगतै काँग्रेसका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमाथि ढुङ्गामुढा समेत प्रहार गरेका छन् । नेपाली काँग्रेसले आज अपरान्ह गौरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सांसद आलम पक्राउ परेको घटनाप्रति सरकारको गम्भीर ध्यानकर्षण जनाएको छ । पार्टी कार्यालयमा नेपाली काँग्रेसद्धारा चियापान कार्यक्रमको तयारी गरिरहेको अवस्थामा सांसद आलमलाई पक्राउ गरी कम्युनिस्ट सरकारले कार्यक्रम बिथोल्ने षड्यन्त्र गरेको जिल्ला सभापति कृष्णप्रसाद यादवले बताउनुभयो । विपक्षीलाई डुबाउने, हेर्ने नचाहने, बोल्दैमा जेलसम्म हाल्न पछि नपर्ने केपी ओली नेतृत्वको सरकार काँग्रेस कार्यकर्ताको मनोबल घटाउन सांसद आलमलाई पक्राउ गरेको यादवको आरोप छ । सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको बिना पुर्जी सरकारको दबाबमा सांसद आलमको पक्राउप्रति जिल्लाका सबै कार्यकर्ताले खेद प्रकट गरेको उहाँले बताउनुभयो । आलमलाई प्रहरीले तत्काल रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने सभापति यादवले चेतावनी समेत दिनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: