आरक्षण क्षेत्रको वरिपरिबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तु आरक्षण क्षेत्रको वरिपरिबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । जंगल तथा वन्य जन्तु आरक्षणका क्षेत्रहरुबाट यात्रा गर्दा बन्यजन्तुले आक्रमण गर्न सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको हो । जंगल क्षेत्रमा रहेका बन्यजन्तुहरु रातको समयमा चरिचरण गर्न, आहारा खोज्न निस्कने भएकाले पनि यस्तो समयमा बस चलाउने चालक, चढ्ने यात्रु सबै जना पनि सजग हुनुपर्ने विभागको भनाई छ । चाडपर्वको समयमा राति पनि यात्रा गरिने भएकाले चालक, यात्रु दुवैजना सजग हुनुपर्ने राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरण विद् हरिभक्त आचार्यले सीआईएनसँग बताउनुभयो । जंगलहरुको विचबाट यात्रा गर्दा सकेसम्म मोटरसाईकलमा यात्र नगर्न र पैदल यात्रा पनि नजान उहाँले आग्रह गर्नुभयो । आरक्षण क्षेत्रमा रातीको यात्रा गर्दा कहिलेकाँही जंगली जनावरहरु देखिएमा वरै रोकेर जनावरहरुले बाटो काटिसकेपछि मात्रै सवारी साधन चलाउन र जंगली जनावरलाइ नजिस्क्याउन पनि बिभागले आग्रह गरेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: